IME Life New

शिखर इन्स्योरेन्सद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुर्खेत । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्ला भेरीगंगा नगरपालिकामा बालि तथा पशुपन्छी बमिा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कर्यक्रममा कम्पनीले सुर्खेत शाखा प्रमुख श्री नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमुलक प्रस्तुति गरेका थिए । कर्णाली प्रदेशको जुम्ला, मुगु, कालिकोटमा भई रहेको शिखर इन्स्योरेन्सको मौसम सुचांक बीमाको समेत छलफल भएको थियो ।

Esewa
Crest

स्थानिय सहकारीको प्रतिनिधि छविलाल घर्तिका अनुसार हालसम्म बीमा कम्पनी फेरेको फेरै गर्नुपरेको र बीमा गर्ने अभिकर्ता समयमै नआएर बीमा नबिकरण र पछि थप भएको पशुको बीमा गलर्ला कठिनाई आउने भएकोले बीमा कम्पनीले यस्ता समस्या समाधान गर्न आग्रह गरेका थिए ।

नेपाल सरकारको प्राथमिकतामा रहेको कृषि, पशुपन्छी र जडीबुटी बीमामा संघिय सरकारबाट बीमा वापतको बीमा शुल्क बुझाई बीमा सेवा खरिद गर्न नसकिने र बीमा गर्दा बीमित कृषकको व्यक्तिगत दुर्घटना बीमा बापतको एक सय तथा टिकट दस्तुर २० गरी १२० रुपैयाँ अतिरिक्त तिर्नु पर्नेछ । बीमित कृषकको दुर्घटनाबाट मृत्यु भएमा २ लाख नजिकको हकदारलाई प्रदान गरिनेछ ।

स्थानिय निकायको छलफलमा समेत अत्याधिक माग भएको कृषि बीमा कार्यक्रमलाई कृषकहरुको घरदैलो कार्यक्रम गर्दै बीमाको दायरा फराकिलो बनाउँदै बीमितलाई सेवा दिन प्रतिवद्ध रहेको शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS