IME Life New

शिखर इन्स्योरेन्सको साधारण सभा आज हुँदै, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा आज गर्दैछ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आज फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

सभाले नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS