IME Life New

शिखर इन्स्योरेन्सको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले एक सुचना जारी गर्दै माघ २५ गते सम्पन्न १७औं र १८औं वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको जनाएको छ । उक्त बोनश शेयर नेप्से र क्लियरिङ हाउसमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ ।

फागुन १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनश शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरिएको र सो मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमश उक्त बोनश जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

हालसम्म पनि शेयर अभौतिककीकरण नगरेका शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । त्यस्तै, माघ १६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा बोनश शेय मिेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भएको भए सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।

त्यसैगरी सो मिति पछि रोक्का राखिएका शेयरधनीको बोनश शेयर शेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले आफु शेयरधनीको शेयर रोक्का रहेको नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए ोनश समेत रोक्कामा राख्न कम्पनीले यसै सुचना मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS