IME Life New

शिखर इन्स्योरेन्सको घुम्ति बीमामा बढ्दो आकर्षण,३० लाखभन्दा बढी बीमाशुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले घुम्ति बीमा कार्याक्राम अन्तर्गन २ हजारभन्दा बढी बीमितलाई बीमा सेवा प्रदान गरी ३० लाखभन्दा बढीको बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स चितवन बाँके ग्रामिण भेगमा घुम्ति बीमा मार्फत पशुपन्छी तथ बाली बीमा एवंम लघुबीमा सेव प्रदान गर्दै आएको छ ।

बीमाको दायरा र बीमाको सारक्षता बृद्धि गर्ने मुख्य उद्देश्यका साथ बीमा कम्पनीको नियमनकारी निकाय बीमा समितिबाट २०७६ सालमा जारी शाखा रहित घुम्ति बीमा सेवा सम्बन्धी मार्ग दर्शन बमोजिम खास गरी देशको ग्रामिण क्षेत्रमा यसको आवश्यकता महसुस गरी महानगरपलिका र उपमहानगरपालिका बाहेक नगरपालिका र गाँउपालिकाका आम जनतामा बीमाको आवश्यकता अपरहार्यता र भविश्यमा हुन सक्ने सम्भाबित जोखिम तथा आर्थिक नोक्सानीका बाट न्यून आय भएका जनतामा पर्न सक्ने आर्थिक भारलाई कम गर्न घुम्ति बीमाले महत्वपृुर्ण भुमिका खेलेको छ ।

Esewa
Crest

शिखर इन्स्योरेन्सले पशु तथा पन्छी बीमा, बालीबीमा, लघु बीमा, दुर्घटना बीमा र ५० लाखसम्मको घर बीमा गर्ने सकिने र सानो प्रकृतिको बीमा गर्दा बीमा कम्पनीमा जानु नपर्ने हुनाले आम जनताको बीमा गर्दाको लागत कम गरी बीमा गर्न सकिने हुनाले बीमितको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

घुम्ति बीमा कार्यक्रम संचालन गर्दा कम्पनीले आफ्नो सवारी सवारी साधनमा सो स्थान बाट बीमालेख जारी गर्ने र भबिष्यमा दाबी परेका बखत समेत बीमितको घरदैलोमा पुगि दाबी बापतको रकम भुक्तानी गर्ने कार्यबिधि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS