IME Life New

शिखर इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानी साढे पाँच अर्ब रूपैयाँ नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतले वृद्धि हासिल गर्दै कुल बीमाशुल्क आम्दानी ५ अर्ब ४७ करोड ३ लाख रूपैयाँ पुर्‍याउन सफलता पाएको हो ।

अघिल्लो आव २०७९।८० मा यो इन्स्योरेन्सले कुल ५ अर्ब ३१ करोड ७१ लाख रूपैयाँ बीमाशुल्क आम्दानी गरेको थियो । शिखर इन्स्योरेन्सले गत आवदेखि नै निर्जीवन बीमको इतिहासमै पहिलो पटक ५ अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानीको लक्ष्य पुरा गर्न सफल भएको थियो । यसपटक बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतको झिनो वृद्धि हासिल गरेपनि कुल बीमाशुल्क आम्दानीवापतको रकमको आधारमा निर्जीवन बीमकमध्ये अग्रस्थानमा रहेको छ।

Esewa
Crest

शिखर इन्स्योरेन्सको देशभरका ११४ वटा शाखामा कुल ६३८ कर्मचारी कार्यरत छन् । यीमध्ये महिला कर्मचारीको संख्या २४७ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS