IME Life New

शिखरले ल्यायो मौसम सूचकाङ्कमा आधारित बाढी बीमा, बाढी आउने वित्तीकै स्वत दाबी पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनीले तल्लो कर्णाली क्षेत्रमा बाढीमा आधारित मौसम सूचकाङ्क बीमा शुरु गरेको छ । वर्षातको समयमा नदीको सतह बढेर, धान बालीमा क्षति भएको अवस्थामा बीमा गरेका कृषकले पूर्व निर्धारित मापदण्ड अनुसारको क्षतिपुर्ती पाउने हुनाले कृषकले बाढीबाट धान उत्पादनमा हुने क्षतिको चिन्दा गर्नु नपर्ने भएको छ ।

धानबाली लगाएको समयमा नदीमा बाढी आउदा नदीको सतह निर्धारित स्तर भन्दा बढी भएमा यस बीमा अन्तर्गत दाबी भुक्तानी हुनेछ । यसको लागि जल तथा मौसम विज्ञान विभाग अन्तर्गत कैलाली जिल्ला चिसापानी स्थित नदीको जलमापन केन्द्र, २८० को जलस्तरको तथ्याङ्कको आधारमा बीमाबाट क्षतिपुर्ती प्रदान गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

कर्णाली नदीको जलस्तर बाढीको कारणले बढेर, एक जुन २०२२ (२०७९ जेठ १८) गतेदेखि ३१ अक्टोबर (२०७९ कार्तिक १४) सम्म चिसापानी स्थित जलमापन केन्द्र अनुसार १०.८० मिटर भन्दा बढी भएमा यस बीमा अन्तर्गत बीमा गरेका कृषकले दाबी पाउने छन् ।

नदीको स्तर बढ्दै गएर दाबीको मात्रा बढ्दै जान्छ र चिसापानी स्थित नदीको जलमापन केन्द्र अनुसार नदीको स्तर १४.८१ मिटर भन्दा बढी भएमा बीमाङ्क रकमको शत प्रतिशत दाबी भुक्तानी हुनेछ ।

यो सामुहिक बीमाको अवधारणामा संचालन गरिने भएकोले दाबी भुक्तानी सहज र पारदर्शी रुपमा हुनेछ । दाबी भुक्तानी सहकारी मार्फत प्रदान गरिने हुनाले दाबी प्रकृयामा बीमित कृषकको लागि सहज हुनेछ । जसमा सहकारी संस्थाबाट बीमित कृषको खातामा दाबी रकम जम्मा हुनेछ । यो बीमाको बीमाशुल्क ७ प्रतिशत लाग्नेछ । अर्थात एक लाखको धान बाली उत्पादनको मूल्यको बीमाशुल्क ७ हजार र बीमित कृषकको व्यक्तिगत बापत ५० रुपैयाँ तिर्नुपर्नेछ । बीमित कृषकको दुर्घटनाबाट मृत्यु भएमा २ लाख नजिकको हकदारले प्राप्त गर्नेछन् । बीमा गर्नका लागि शिखर इन्स्योरेन्स कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS