IME Life New

शान्ति पुनस्थापना गृहको २६ औं साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । शान्ति पुनस्थापना गृहको २६ औं साधारण सभा तथा २५ औं रजत महोत्सव सम्पन्न भएको छ ।

गोदावरी नगर पालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा गोदावारी नगर नगरपालिकाकि उप प्रमुख मुना अधिकारी, मानव बेचबिखन विरुद्ध कृयाशिल (एबिसी) नेपालकी संस्थापक अध्यक्ष दुर्गा घिमिरे, महानगरीय परिसरकी उपप्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह चन्द र जन अधिकार संरक्षण मञ्चका निर्देशक सतिस कुमार शर्मा रहेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा स्वागत मन्तव्य र वार्षिक प्रतिबेदन संस्थाका सचिव इन्द्र राज भट्टराईले प्रतुतिकरण गरेका थिए । कार्यक्रममा अर्जुन ढकाल, सतिस शर्मा, दुर्गा सिंह चन्द,दुर्गा घिमिरे,गोदावरी नगरपालिकाको उपप्रमुख मुना अधिकारीले शुभकामना मन्तव्य दिएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिले शान्ति पुनस्र्थापना गृहसँग सहकार्य गरि कामगर्ने प्रतिबद्धता समेत जाहेर गरेकी थिइन् ।

यस संस्थाका अध्यक्ष मानव बेचबिखन जस्तो मानवता विरोधि अभ्यासको अन्त्यका लागि शान्ति पुनस्र्थापना गृह स्थापना कालदेखि नै विभिन्न क्रियाकलाप मार्फत क्रियाशिल रहेका जानकारी दिइन् ।

विगत २५ वर्षको इतिहासलाई हेर्दा यस संस्थाले मानव बेचबिखनमा परी विभिन्न खाले जोखिममा रहेका महिला तथा बालिकाहरुको उद्धार, परामर्श, सहयोग तथा पुनस्र्थापना गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS