IME Life New

व्यवसाय बिस्तारमा आक्रामक बन्दै प्रोटेक्टिभ माइक्रो, विस्तार गर्यो थप पाँच शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले गत साता आफ्ना ५ वटा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । नयाँ शाखाहरु बिस्तार गरि लघु बीमा क्षेत्रलाई विस्तार गर्ने उद्देश्यका साथ कम्पनी शाखा विस्तारमा आक्रामक बन्दै आएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले मिति २०८० साल माघ १४ गते देखि १८ सम्म क्रमशः घोराही, कोहलपुर, भैरहवा, टाँडी तथा लहानमा शाखा तथा उपशाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेका हुन् ।

रणनैतिक तवरबाट स्थापना गरीएका यी शाखाहरुले कम्पनीको पहुँच विस्तार हुनुको साथै धेरै समुदायहरु बीच लघु बीमा सेवा पुग्ने तथा देश भरी लघु बीमाको सेवा उपलब्ध गराउने अपेक्षा लिएको छ ।

Esewa
Crest

शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले लघु निर्जीवन व्यवसायमा निम्न आय स्तर भएका ,सिमान्तीकृत बर्ग र पिछडिएको क्षेत्र समेतलाइ निर्जीवन लघु बीमा सेवा मार्फत सुरक्षाको प्रत्याभुति प्रदान गर्ने लक्ष्य अनुरुप कम्पनीले सेवा प्रदान गर्दै आएको बताए ।

उनले बीमा व्यवसायमा सबै भन्दा मुख्य र संवेदनशिल बिषय भनेकै दावी उपर भुक्तानी गर्ने कार्य हो कम्पनीले दावी उपर बिना भन्झट सहज र सरल तरिकाले समयमै भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्राप्त दावी उपर सरल र सहज र बिना झन्झट यथासक्य छिटो भुक्तानी गर्दे आएको र हालसम्म १९ वटा दावी वापतको ११ लाख ६५ हजार रकम भुक्तानी भइसकेको व्यहोरा समेत कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले उल्लेखित कार्यालयहरुको अलावा बिर्तामोड, उर्लाबारी, इटहरी, लम्की, डडेल्धुरा तथा गोकुलेश्वरमा शाखा तथा उपशाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । यसरी हालसम्म कम्पनीको कुल कार्यालय संख्या १३ रहेको र सो मध्ये ११ शाखा र उपशाखाहरु, १ प्रदेश कार्यालय र १ मुख्य कार्यालय मार्फत लघु बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS