IME Life New

व्यवसायीलाई ढकालको सुझाव ‘सिंगल डिजीट’ ब्याजदरको उपयोग गर्नुस्, लगानी बढाउनुस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिंगल डिजीटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई सुझाएका छन् ।

विर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले भने नेपालका व्यवसायी लाई मेरो यो आग्रहछ कि अहिले नेपालमा ब्याजदर सिंगल डिजीटमा छ, यसको सदुपयोग गर्नुस र आर्थिक क्रियाकलापहरुमा लगानी बढाउनुस्।

Esewa
Crest

अहिलेको समय भनेको यस्तो अवस्थामा व्यवसायिक क्रियाकलापहरुमा लगानी गर्ने र उद्योग व्यवसायलाई सस्टेन गर्न सघाउने समय हो, त्यसैले हामी सबैले अहिलेको यो नीतिबाट लगानी बढाउनका लाभ लिन सक्छौँ– उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले यो ब्याजदरका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग लबिङ गरेको बताए ।

उनले भने नेपालमा लगानी गर्न र व्यावसायिक एक्टिभिटिजहरु बढाउनका लागि बैंकको ब्याजदर बढी भएको भनी देशका निजी क्षेत्रका व्यवसायीले गुनासो गरेपछि त्यसको अगुवाई महासंघले गर्यो र म पनि एक उद्यमी एवं कमर्सियल बैंकको नेतृत्वकर्ताको हैसियतले पनि लागि परेँ, जसले गर्दा अहिले ब्याजदर अहिले सिंगल डिजीटमा आएको छ।

त्यसैले यो अवसरबाट हामीले लाभ लिन सक्ने अवस्था छ र हामी निजी क्षेत्रका प्रतिनिधिहरु यसबाट लाभान्वित पनि हुन सक्नुपर्छ, यो अवस्था साँच्चिकै देशका उद्योगी, व्यवसायीहहरुले लाभ लिने नै बेला हो, उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले झापा हो स्यादेशका अरु पनि क्षेत्रया जिल्लाका व्यवसायीले त्यहाँका स्थानीय सम्भावना र अवसरहरुलाई राम्रोसँग खोजी गर्नुपर्ने बताए ।

उनले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वले ‘भिजन २०३०’ पेपर अघि सारेर मुलुकको निजीक्षेत्रका आवश्यकता र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने नीति अख्तियार गरेको बताउँदै सो पत्रलाई प्रदेशस्त छलफलका लागि ल्याइने र त्यसमा निजी क्षेत्रका सबै साथीहरुको सुझावहरु समेटिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS