IME Life New

वैशाखसम्म लघु निर्जीवन बीमकको व्यापार सवा १९ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष १० महिना वैशाखसम्म ४ लघु निर्जीवन बीमकले सवा १९ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लघु निर्जीवन बीमकले १० महिनाको अवधिमा ८५ हजार ५४५ वटा बीमालेख जारी गर्दै १९ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

व्यापारको हिसाबले नेपाल माइक्रो इन्स्योरेन्सको अग्रस्थानमा रहेको छ। यो कम्पनीले वैशाखसम्म ७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो स्थानमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। प्रोटेक्टिभले यो १० महिनामा ६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी वैशाखसम्म स्टार माइक्रो इन्स्योरेन्सले ४ करोड २५ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS