IME Life New

वैशाखसम्म लघु जीवन बीमकको व्यापार १०.१९ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमकले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म १० करोड १९ लाख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ।नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार तीनवटा लघु जीवन बीमा कम्पनीले १० महिनामा ५२ हजार ९९० बीमालेख जारी गरेर १० करोड १९ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो १० महिनाको अवधिमा सर्वाधिक व्यवसाय गर्नेमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले ६ करोड ३३ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी वैशाखसम्म गार्डियन माइक्रो लाइफले २ करोड ४७ लाख ९८ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड ३७ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS