IME Life New

वृज सिमेन्टद्धारा “एक्सपर्ट मेशन क्लब” का सदस्यलाई उपहार वितरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वृज सिमेन्टले २०७६ सालमा स्थापना एक्सपर्ट मेशन क्लब अन्र्तगत रही कार्य गर्ने २०० निर्माणकर्मीहरुलाई उपहार प्रदान गरेको छ ।जस अन्र्तगत विभिन्न क्षेत्रका निर्माणकर्मीहरुलाई ३२” टिभी , मोवाइल, भाइब्रेटर, भ्याकुम क्लिनर र सेफटी टुल्स किट उपहार वितरण गरिएको वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि.का सेल्स म्यानेजर निरज सिंहले जानकारी दिए ।

वृज सिमेन्ट इण्डष्ट्रीजले निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको हौसला र सुरक्षाको लागि विगत बर्षदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो । यस एक्सपर्ट मिशन क्लबले नेपाल भर रहेका निर्माण कर्मीहरुलाई एकताबद्ध गराई उनीहरुको हौसला र सुरक्षाको लागि कार्य गर्दछ ।

Esewa
Crest

वृज सिमेन्टले यसमा हातेमालो गर्दै आइरहेको छ, यसलाई निरन्तर रुपमा अगाडि लैजाने योजना रहेको कम्पनीले जनाएको छ । बिभिन्न क्षेत्रका देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ ।

यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणक्रर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरेर उहाँहरुको निःशुल्क रुपमा रु. पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गरेको छ । उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पासबुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सक्ने जनाएकोे छ ।

कम्पनीले शुरुवात गरको एक्सपर्ट मेसन क्लब योजनाको औपचारिक रुपमा नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिले सम्म कम्पनीले २५०० बढी निर्माणक्रमी साथिहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढी भन्दा बढी निर्माणक्रमी साथिहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटना बाट वहाँहरुको सुरक्षित महशुश गराउने कम्पनीको उदेश्य रहेको छ ।

बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथगुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट एक्शपर्ट च्वाईस सहित बजार प्रर्वधन शुरु गरिएको हो ।

गुणस्तरिय उत्पादनहरुप्रति सदैव प्रतिवद्ध, वृज सिमेन्ट इण्डष्ट्रिज ISO 9001:2015 वाट प्रमाणित छ साथै यसका उत्पादनहरु वृज सिमेन्टका पिपिसी ब्राण्डहरु NS 385 , वृज सिमेन्टका ओ पि सि ब्राण्डहरु र पि. एस NS 49 वाट प्रमाणित भइसकेका छन् ।

कम्पनीले साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) मा वृज सुपर प्रिमियम उत्पादन गर्दछ भने, पोर्टल्याण्ड पोज्जोलना सिमेन्ट ( पि.पि.सि. ) अन्तर्गत वृज सिमेन्ट र पोर्टल्याण्ड स्लयाग सिमेन्ट ( पि.एसि.सि. ) अन्तर्गत वृज सुपर पावर व्राण्ड उत्पादन गर्दछ । यस उधोगका डिलरहरुको ठूलो सञ्जाल नेपाल भरी रहेको छ जसवाट आफुले चाहेको जुनसुकै ठाउँमा पनि सिमेन्ट सजिलै पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS