IME Life New

विश्व इतिहासमा सबैभन्दा धेरै दावी भुक्तानी भएका घटनाहरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

यी हुन् विश्व इतिहासमा सबैभन्दा धेरै दावी भुक्तानी भएका घटनाहरु:
China Earthquake 2008
१२ मे २००८ मा चाइनामा ८ म्यागनेच्युटको भुकम्प गएको थियो । सो शक्तिशाली भुकम्पमा परि ६९ हजारले ज्यान गुमाएका थिए। सो भुकम्पले २० विलियन अमेरिकि डलरको क्षति गराएकोमा बीमा कम्पनीहरुले १ विलियन अमेरिकि डलर दावी भुक्तानी गरेका थिए।


Hurricane Ike
सन् २००८ सेपटेम्बरमा उत्तरि अमेरिकामा आएको हुरीकेनमा परि ११३ जनाले ज्यान गुमाए । १ लाख ३१ हजार वटा बीमा दावी परे। जमध्ये बीमा कम्पनीहरुले २० दशमलव ५ विलियन अमेरिकि डलर दावी भुक्तानी गरेका थिए।

Crest


Northridge Earthquake
१७ जनवरी १९९४ जनवरीमा लस एन्जलस नजिकैको स्यान फर्नान्डो उपत्यकामा ६ दशमलव ७ म्याग्नेचुटको भुकम्प गएको थियो। ४० हजार भन्दा बढी संरचना र भवनहरूमा क्षति पुग्यो । बीमा कम्पनीहरुले २० दशमलव ६ बिलियन अमेरिकि डलर भुक्तानी गरेका थिए ।


Hurricane Andrew 
सन् १९९२ मा गएको यस आधी पश्चात ६ लाख वटा बीमा दावि परेको थियो। सो दावी वापत बीमा कम्पनीले २५ विलियन बीमा दावी भुक्तानी गरे। यस दावी भुक्तानी गर्ने क्रममा ११ बीमा कम्पनीहरु नराम्रो संग थला परेका थिए।

Tohoku Earthquakes & Tsunami
११ मार्च २०११ मा जापानमा ९ म्याग्नेच्युटको भुकम्प गयो । उक्त भुकम्पले २१० विलियन अमेरिकि डलरको क्षति भयो । बीमा कम्पनीहरुले ३५ विलियन अमेरिकि डलर भुक्तानी गरेका थिए।


Hurricane Sandy
२०१२ मा बहमाश, पूर्वि क्यानडा र पूर्वि अमेरिकामा गएको हुरीकेनले ७५ विलियनको क्षति गर्यो । बीमा कम्पनीहरुले ३६ विलियन अमेरिकि डलर भुक्तानी गरेका थिए।


9/11
सेमटेम्बर ११ मा भएको आतंकवादि हमलामा परेको दावीमा ४० विलियन अमेरिकि डलर भुक्तानी गरेका थिए।


The Lehman Brothers
दि लेमान बद्रर्स अमेरिकाको चौथो ठुलो इन्भेस्टमेन्ट बैंक थियो र सन् २००८ मा यो कम्पनी डुब्यो। उसले अरुलाई तिर्नु पर्ने दायित्वका लागि १०० विलियन अमेरिकि डलर बीमा कम्पनीले दावी भुक्तानी गरेका थिए।


Hurricane Katrina, Rita & Wilma
सन् २००५ मा गएको यस आधीको कारणले १५८ दशमलव ९ विलियन अमेरिकि डलर बराबरको क्षति भएको थियो । जसमा १३० विलियन अमेरिकि डलर दावी भुक्तानी गरिएको थियो ।


2008 Financial Crisis
सन् २००८ मा विश्व अर्थतन्त्र वित्तीय संकट पर्यो । सो वित्तीय संकटमा बीमा कम्पनीहरुले २१ ट्रिलियन अमेरिकि डलरको बीमा दावी भुक्तानी गरेका थिए। दावी भुक्तानी गर्ने क्रममा केही बीमा कम्पनीहरु डुबेका थिए ।

(इन्टरनेटको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS