IME Life New

विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गरी लिबर्टी माइक्रो लाइफले मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सिमान्तकृत समुदायलाई लक्षित गर्दै लघु जीवन बीमाका विशेष बीमा योजनाहरु प्रदान गर्ने उद्देश्यले २०७९ पुस १७ गते स्थापना भएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिकोत्सव संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धित कम्पनीको विभिन्न स्थानहरुमा कार्यक्रम गरी मनाएको छ ।

छोटो अवधिमा कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समय सापेक्ष उल्लेखनीय सेवाहरु प्रदान गरि आपूmलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत भएको छ । दोस्रो वार्षिकोत्सवका अवसरमा कम्पनीले निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण शुभचिन्तकहरुका साथै अटुट सम्बन्ध राख्ने ग्राहक वर्ग, अविरल साथ दिने अभिकर्ताहरु, अहोरात्र खट्नु हुने कर्मचारीहरु, हौसला प्रदान गर्नुहुने शेयरधनीहरु, सदैव सत्मार्ग देखाउनु हुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, व्यवसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा अभैm गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

Esewa
Crest

सो अवसरमा कम्पनीले काठमाडौं स्थित ब्लुबर्ड कम्प्लेक्समा रहेको प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा कम्पनीको संचालक समितिका सदस्य, कर्मचारी तथा अभिकर्ताहरु र विभिन्न संघ संस्था तथा बीमा कम्पनीका कर्मचारी तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो । कम्पनीको अध्यक्ष निकोलस पाण्डेले रक्तदाता महानुभावहरुलाई प्रमाण प्रत्र वितरण गर्दै धन्यवाद ज्ञापन गरे ।

सोहि अवसरमा कम्पनीले मधेश प्रदेश महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं.१० स्थित मुस्हर बस्तीका बालबालिकाहरु अध्यन गर्ने प्राथमिक विद्यालयद्धय श्री जनता आधारभुत ०–४ विद्यालय टुटेश्वर तथा मित्रता आधारभुत विद्यालयका बालबालिका र गण्डकी प्रदेश कास्की जिल्लाको रुपाकोट गाउपालिका स्थित श्री चन्द्र प्रभा माध्यमिक विद्यालयमा अध्यनरत रहेका कक्षा ८ देखि १० का बालबालिकाहरुलाई न्यानो लुगा (स्वेटर)े र लुम्बिनी प्रदेश रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका वडा नं. ०२ स्थित श्री पर्सरी प्राथमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यनरत बालबालिकाहरुलाई शैक्षिक तथा पठनपाठन सामाग्री वितरण गरी कम्पनीले आफ्नो दोश्रो वार्षिकोत्सव उत्साहजनक रुपमा मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS