IME Life New

विपन्न परिवारका लागी लघु बीमा अत्यन्तै महत्वपूर्ण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । माइक्रोइन्स्योरेन्स नेटवर्क (एमआइएन) ले जाेखिममा रहेका परिवारहरुका लागी वित्तीय सुरक्षा प्रदान गर्न लघु बीमा अत्यन्त महत्वपूर्ण साधन भएकाे बताएकाे छ।

एमआइएनकाे ल्याण्ड स्केप अफ माइक्राेइन्स्याेरेन्स स्टडी २०२२ काे प्रतिवेदनले अफ्रिका, एशिया, ल्याटिन अमेरिका र क्यारिबियनका ३४ देशमा २५३ बीमा सेवा प्रदायकले ९३५ प्रकारका लघु बीमा याेजनाहरू बिक्री गरिरहेकाे उल्लेख गरेकाे छ । प्रतिवेदनमा आर्थिक सुरक्षाको लागि निर्भर परिवारका लागि लघु बीमा लाभदायक अवसर मात्र नभएर एक महत्वपूर्ण स्रोतको रूपमा काम गर्ने उल्लेख छ।

Esewa
Crest

यी देशहरूमा लघुबीमा बजारमा गरिएको अध्ययनले यसले स्वास्थ्य, जीवन, दुर्घटना, कृषि, जलस्रोत, पशुपालन, सम्पत्ति र आम्दानीलगायतका क्षेत्रहरू समेटेको देखाएको छ। यस अध्ययनले बजारको आकार, विकास, बीमाशुल्क, बीमालेख विकास, सामाजिक कार्यसम्पादन, पुनर्बीमा, र दाबी जस्ता महत्वपूर्ण पक्षहरू रेखांकित गर्दै लघु बीमा उद्योगको विस्तृत सिंहावलोकन प्रस्तुत गरेकाे छ।

एमआइएनले वार्षिक ६१ अर्ब ८० कराेड अमेरिकी डलर बराबरकाे काराेबारकाे स‌ंभाव्यता रहेकाे लघु बीमाकाे विस्तारमा विश्वभरमै सरकार र बीमा कम्पनीहरू याेजनाबद्धरूपमा अघि बढ्नुपर्नेमा जाेड दिएकाे छ।अध्ययन प्रतिवेदनले उल्लेख गरेकाे छ, विश्वभरका कमजोर समुदायका आवश्यकता पुरा गर्नका लागी लघु बीमा महत्वपूर्ण माध्यम हाे ।

एमआइएनले आफ्नो विश्वव्यापी सदस्यता विस्तार गर्दै, खाडलहरू कम गर्न र समावेशी, जिम्मेवारी र बलियो बीमा क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने प्रयास जारी रहेकाे उल्लेख गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS