IME Life New

वित्तीय विवरण नबुझाए पछि राष्ट्रिय बीमा कम्पनी र बिशाल बजारको कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले राष्ट्रिय बीमा कम्पनी र विशाल बजारको कारोबार रोक्का गरेको छ। नेप्सेले दुबै कम्पनीलाई लेखापरिक्षण भएको वित्तीय विवरण र लेखापरिक्षण प्रतिवेदन माग गर्दा नदिए पछि कारोबार नै रोक्का गरिदिएको हो। नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था अनुसार कारोबार रोक्का गरिदिएको हो। उक्त व्यवस्थामा ’यस स्टक एक्सचेन्जलमा सूचिकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखपारिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र नेप्सेमा पेश गर्नु पर्नेछ’ भनिएको छ। यसै व्यवस्थालाई टेकेर नेप्सेले दुबै कम्पनीलाई पटक पटक उक्त विवरण माग गरेको थियो।

तर दुबै कम्पनीले उक्त विवरण पेश नगरेपछि विनियमावलीको विनियम १६ (१) (ध) मा भएको व्यवस्था ‘नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा’ का आधारमा दुबै कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार रोक्का गरेको हो। कम्पनीले माग गरिएको विवरण नेप्सेमा पेश नगरेसम्म कारोबार रोक्का गर्न सक्ने छ। यदि कम्पनीले सोमबार मागेको विवरण पेश गरे भने कारोबार खुला हुनेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS