IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको ५% नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत (करसहित) नगद लाभांश हितग्राही खातामा जेठ १३ गतेसम्म बैंक खाता अद्यावधिक भएका शेयरधनीको बैंक खातामा उक्त लाभांश पठाएको कम्पनीले बताएको छ । जेठ १३ गतेपछि बैंक खाता बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत नगद लाभांश बैंक खातामा  नै जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।

आफ्नो शेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण नगरेका शेयरधनीले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लियरीङ हाउस अन्तर्गत सदस्यता प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

जेठ १३ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाता विवरण हुवहु नभई नगद लाभांश प्राप्त नगरेका शेयरधनीलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापीटलको शाखा कार्यालयहरुमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

साथै जेठ १३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट नो अप्जेसन लेटर प्राप्त भए पछि मात्र बैंक खातामा जम्मा गरिने र सो मितिपछि कर्जा चुक्ता गरेका शेयरधनीको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भएपछि मात्र बैंक खातामा नगद लाभांश जम्मा गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS