IME Life New

लुम्बिनी जनरलका रायमाझीले हात पारे बैंकिङ इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन बैंकिङ इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि लुम्बिनी जनरल इन्स्योरेन्सका गणेश रायमाझीले प्राप्त गरेका छन् । उक्त खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा सम्पन्न भएको जनाएको छ ।

विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका हुन् । खेलमा नेपाल एसबिआई बैंकका नवराज जोशी र कृषि विकास बैंकका टक्कर कुँवर सेकेन्ड रनरअप भएका थिए ।

Esewa
Crest

त्यस्तै,आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन रेगुलर मेन्स डबल्सको उपाधि भने विशाल खड्का र विश्वास नेपालले हात पारेका छन् ।

उक्त उपाधी अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय, अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी, ईन्जिनीयर सागर थापा र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रदान गरेका थिए।

आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन बैंकिङ इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि हात पारेका रायमाझी लुम्बिनी जनरल इन्स्योरेन्स ककम्पनी बुटवल क्षेत्रीय कायालयको बजार बिभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS