IME Life New

लिबर्टी माइक्रो लाइफ र वेदान्त पब्लिकेसनबीच लघु जीवन बीमा सम्बन्धि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स र वेदान्त पब्लिकेसनबीच लघु जीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा वेदान्त पब्लिकेसनका तर्फबाट प्रबन्ध निर्देशक जीवन श्रेष्ठ तथा लिबर्टी माइक्रोका तर्फबाट प्रमुख बजार अधिकृत अशोक कुँवरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार दुर्घटना उपचार खर्च बापत वार्षिक २० हजार प्रति व्यक्ति तथा मृत्यु भएमा बीमांक रकम बराबरको लाभ लिन सकिने छ । व्यवस्थापन समिति तथा सम्पूर्ण ३९ जना कर्मचारीहरुको लघु जीवन बीमा गर्दा ३ करोड २४ लाख बीस हजार बराबरको बीमा गरिएको छ ।

Esewa
Crest

वेदान्त पब्लिकेसनका प्रबन्ध निर्देशक जीवन श्रेष्ठ वेदान्त पब्लिकेसनमा कार्यरत सम्पूर्ण कर्मचारीहरु एकै परिवारका सदस्य भएको र सबैको वर्तमान र भविष्य प्रति उत्तरदायी रहि व्यवस्थापन समितिको निर्णय अनुसार सम्पूर्ण कर्मचारीहरुको सामुहिक तथा बचत योजना गरिएको जानकारी दिए । उनले बीमा गर्नु भनेको लगानी गर्नु हो, साथै जीवन बीमाले जीवन सहजीकरण, सुख दुखमा साथ दिने र मानव जीवनको अत्यावश्यक साथी भएको उल्लेख गरे ।

त्यस्तै, लिबर्टी माइक्रोका प्रमुख बजार अधिकृत अशोक कुँवरले मानिसको जीवनमा दुःख सुख सबैमा साथ दिने र परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई राहत दिने काम बीमाले गर्ने भएकोले हरेक व्यवसायिक कार्यालय, संघ संस्था, स्थानीय सरकारले आआफ्नो सदस्य, ग्राहक तथा नागरिकहरुको सामुहिक लघु जीवन बीमा गर्नुपर्ने बताए । उनले थोरै बीमा शुल्कमा पनि धेरै जोखिम न्यूनीकरण गर्न सकिने भएकोले जीवन बीमा योजना मानव जीवनको एक निकै नै महत्वपूर्ण पाटो रहेको धारणा व्यक्त गरे ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बीमा महत्व तथा सचेतना बढाउन देशै भरिका बिभिन्न ग्रामिण क्षेत्रहरुमा, विद्यालय, कलेज साथै सामाजिक संजाल मार्फतबाट पनि जनचेतना मुलक प्रश्न उत्तर, विडियो सामाग्री जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ । कम्पनीले देशको दुरदराजमा रहेका नागरिकमा बीमा सेवा पुर्याउने हेतुले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS