IME Life New

लिबर्टी माइक्रो लाइफ नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस)मा आबद्ध भएको छ । सम्झौतापत्रमा लिबर्टी माइक्रोका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात लिबर्टी माइक्रो लाइफका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडेर बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी लगायतका कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सकिने भएको छ ।

Esewa
Crest

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् भने पीएसपीरपीएसओ, रेमिट्यान्स कम्पनी, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थालगायतका १०० भन्दा बढी गैरबैंकिङ संस्था प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्तलगायतका विभिन्न क्षेत्रमा भुक्तानी कारोबारलाई डिजिटाइज गर्न एनपीएसअन्तर्गतका विभिन्न उपकरण सञ्चालनमा छन् । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स २०२३ जनवरीमा नेपालका ग्रामीण क्षेत्रमा बीमासम्बन्धी सेवाको पहुँच विस्तार गर्ने, वित्तीय चेतना प्रदान गर्ने र सीमान्तकृत समुदायलाई बीमासम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको पब्लिक लिमिटेड कम्पनी हो ।

लिबर्टी माइक्रो लाइफले सेवा प्रवाह सुधार गर्न विभिन्न डिजिटल च्यानलहरू अपनाइरहेको छ । एनसीएचएलसँगको सहकार्यले सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवा सुरु गर्न पनि थप मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS