IME Life New

लिबर्टी माइक्रो लाइफले ल्यायो सुरक्षित बाल भविष्य योजना, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना साउन १७ गते देखि बजारमा ल्याएको छ । यस बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह/ब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय शुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्दछ भन्ने कम्पनीले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युूनतम बीमांक रकम रु.२५,००० देखि अधिकतम बीमांक रकम रु.५,००,००० सम्म लिन सकिनेछ ।

Esewa
Crest

कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरु निम्नलिखित रहेका छन् ।

बीमालेखका विषेशताहरु
आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना ।

बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आय सहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा

ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान गर्ने ।

बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुवा/आमा/कानूनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने ।

बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा रु.२५ प्रतिहजार प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा रु.३५  प्रतिहजार प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ ।

सस्तो/किफायति बीमाशुल्क दर भएकोले न्युन आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना ।

अनलाइन माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने ।

उक्त बीमालेखसंग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्ततासुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने ।

यस बीमा योजनाबाट लाभ लिन कम्पनीका कार्यालयहरुमा वा अभिकर्ता वर्गलाई सम्पर्क गरी विस्तृत जानकारी लिन तथा बीमालेख खरिद गर्न सम्पूर्ण ग्राहकवर्गहरुलाई कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS