IME Life New

लिबर्टी माइक्रो लाइफले पोखराको तालचोकका ३१७ जनाको गर्यो ग्रामीण सामूहिक म्यादी जीवन बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकका ३१७ जनाको ग्रामीण सामूहिक म्यादी जीवन बीमा गरेको छ।

यस बीमालेखअन्र्तगत ५० वर्षसम्मको व्यक्तिहरुको १ लाख रुपैयाँबराबर र ५० वर्षभन्दा माथि ६९ वर्षसम्मको व्यक्तिहरुको ५० हजार रुपैयाँ बीमांकबराबरको जोखिम अन्यन्तै न्यून रकममा कम्पनीले बहन गरेको हो । बीमा गर्ने व्यक्तिहरुको बीमा गरेको मिति देखि १ वर्षभित्र कुनै पनि कारणले मृत्यु भएमा बीमांकबराबरको रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

उक्त बीमालेखमा कम्पनीको गण्डकी तथा लुम्बिनी प्रदेशका रिजनल हेड शिवप्रसाद पौड्यालले पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङलाई वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन्।

नेपालको सीमान्तकृत समुदायलाई लक्षित गर्दै जीवन बीमाका विशेष बीमा योजनाहरु प्रदान गर्ने उद्देश्यले २०७९ पुस १७ गते स्थापना भई २०८० असोज १९ गते नेपाल बीमा प्राधीकरणबाट सञ्चालन स्वीकृति लिई लिबर्टी माइक्रो लाइफले आफ्नो विभिन्न लघु बीमालेखबाट सेवा दिँदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS