IME Life New

लिबर्टी माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रति शेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

आइपीओ निष्काशन तथा विक्रीका लागि कम्पनीले भदौ ९ गते एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी २०८० भदौ १ गते लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी २०८० पुस ६ गतेदेखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS