IME Life New

लिबर्टी माइक्रो लाइफले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा लिबर्टी माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

Esewa
Crest

लिबर्टी माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको आइपीओ रहेको छ। लिबर्टी माइक्रो लाइफको थपिएसँगै यो संख्या ५ पुगेको छ।

केही समयपहिले गार्डियन माइक्रो लाइफले धितोपत्र बोर्डमा आइपीओ अनुमति पाएको थियो। हाल गार्डियन माइक्रो लाइफले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ जारी गरिरहेको छ।

नेपाल बीमा प्राधिकरणले लघु बीमकहरुलाई तत्काल आइपीओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ जारी गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS