IME Life New

लिबर्टी माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो प्रत्याभुतिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको साधारण शेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रति शेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

Esewa
Crest

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त शेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना गरि नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम २०८० भदौ १ गते इजाजत प्राप्त गरि २०८० असोज १९ गते देखि लघु जीवन बीमा सम्बन्धि सेवा त्रिपुरेश्वर, काठमाडौं स्थित ब्लुबर्ड मल मा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ४ शाखा तथा ६ उप–शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS