IME Life New

लिबर्टी माइक्रो लाइफको विशेष साधारणसभा आह्वान, आइपीओ मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही साउन ३१ गते विशेष साधारणसभा डाकेको हो। सभाले पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सर्वसाधारणले आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभामा सहभागी हुन आउने शेयरधनीहरुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र ल्याउन कम्पनीले आग्रह गरेको छ। सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीले प्रतिनिधि (प्रोक्सी) फाराम सभा हुने दिनभन कम्तीमा ४८ घन्टा अगावै दर्ता गराइसक्नुपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS