IME Life New

लिबर्टी माइक्रो लाइफको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २ गते डाकेको हो। सभा पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनी ऐनमा रहेको कम्पनीको प्रकृतिअनुरुपको थप व्यवस्थामा तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट संशोधन, फेरबदल वा थपघट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरिनेछन्। सभाले सञ्चालक समितिको गठन र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति गर्नेछ।

चालु आथिक वर्ष २०८०/८० का लागि सञ्चालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक सभाले अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS