IME Life New

लिबर्टी माइक्रो लाइफको लघु बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चैत २८ गते बुधबार तनहु स्थित भिमाद नगरपालीकामा बीमा सचेतना तथा स्थानिय सरकारसँग लघु जीवन बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा कम्पनीका गण्डकी तथा लुम्विनी क्षेत्रिय प्रबन्धक शिव प्रसाद पौड्याल र कम्पनीका बिजनेश डेभलप्मेन्ट अफिसर दिपक थापा लगायत भिमाद नगरपालिका का नगर प्रमुख दधिराज सुवेदी,उपप्रमुख सारदा खनाल,प्रसाशकिय अधिकृत मोहन प्रसाद मरासिनी, भिमाद नगरपालिका अन्तरर्गत वडा अध्यक्ष तथा जनप्रतिनिधि,कम्पनीमा कार्यरत एजेन्सीहरुको ठुलो संख्यामा उल्लेखनीय उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको अध्यक्षता कम्पनीका क्षेत्रिय प्रबन्धक शिव प्रसाद पौड्यालले गरेका थिए । कम्पनीले देशको बिकट तथा दुर दराजमा आफ्ना लघु जीवन बीमा योजनाहरुको बिक्री बितरण तथा सेवा दिदै लघु जीवन बीमा सम्बन्धित जनचेतना बढाउदै न्युन आय भएका व्यक्तिहरुको आर्थिक स्तर बृद्धि गर्ने अद्देश्य रहेको छ ।
कम्पनीले कागजको प्रयोगलाई न्युनीकरण गर्न डिजिटल माध्यमको उपयोगद्घारा कम्पनीको विमा योजनाहरु छिटो सरल तथा सरल ढंगले आफ्ना सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
साथै सो कार्यक्रममा बोल्दै नगर प्रमुख सवेदीले साच्चै नै लघु जीवन बीमाले न्युन आय वर्ग र पिछडिएको वर्गलाई समेट्न सकेमा त्यो वर्ग पुर्णरुपमा लाभान्भित हुनेमा जोड दिए । यसका लागि नगरपालिका र वडा स्तरबाट अधिकतम पहल गर्नेमा विश्वत रहेको बताए ।
कार्यक्रमा बोल्दै उपप्रमुख खनालले बीमा हरेक नागरिकलाई अति आवस्यक रहेको साथै न्यून आय वर्गलाई यसले समेट्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रमको व्यवस्थापन कम्पनीका एजेन्सी म्यानेजर कमल राज कोईराला र गणेश कोईरालाले गरेका थिए । कम्पनीका एजेन्सी नविन थापाले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS