IME Life New

लिबर्टी माइक्रो लाइफको पहिलो एनुअल सेल्स मिट सकियो, शाखा र अभिकर्तालाई अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो तथा ऐतिहासिक तीनदिने ‘एनुअल सेल्स मिट’ चितवनको सौराहास्थित जंगल क्राउन रिसोर्टमा आइतबार सम्पन्न गरेको छ।

उक्त एनुअल सेल्स मिटमा कम्पनीका वरिष्ठ पदाधिकारी, प्रादेशिक प्रमुख, नेपाल अधिराज्य भरिका शाखा र उपशाखा प्रमुखहरु तथा कम्पनीका फिल्ड एसोसिएट्स, एजेन्सी मेनेजर र चिफ एजेन्सी मेनेजरहरुको उपस्थिति थियो।

Esewa
Crest

कार्यक्रममा गत आर्थिक वर्ष २०८०।८१ को समीक्षा तथा आर्थिक वर्ष २०८१।८२ को बजेटका बारेमा छलफल गरिएको थियो। आर्थिक वर्ष २०८०।८१ मा शाखा, उपशाखा तथा अभिकर्ताले हासिल गरेको उपलब्धिका लागि अवार्डसमेत वितरण गरिएको थियो।

कार्यक्रममा कम्पनीका वरिष्ठ पदाधिकारीद्वारा जोखिमांकन, कम्पनीले गर्ने कार्यको विस्तृत विवरण तथा सम्पति शुद्धीकरण निवारण तथा परिपालना (एएमएल/सीएफटी) सम्बन्धी तालिमसमेत दिइएको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवद्वारा कम्पनीको विस्तार, आक्रमक बजार विस्तार, नीति तथा नियम कानुनको परिपालना गरी अगाडि बढाउनेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS