IME Life New

लिबर्टी माइक्रो लाइफको नाफा रु. ७६ लाख माथि, जीवन बीमा कोषमा डेढ करोड बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७६ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १० लाख ५७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ९४ लाख ३९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ लाख १ हजार रुपैयाँ बढी रहेको छ।

Esewa
Crest

शेयर पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा १ करोड ५८ लाख ७९ हजार रुपैयाँ रहेको छ। समीक्षा वर्षमा कम्पनीले २ करोड ९९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क र २ करोड ८४ लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS