IME Life New

लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत्र १६ गते २१औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा बिरगंजको दियालो लर्ड्स प्लाजामा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३ दशमलव ३२५ प्रतिशत बोनस शेयर र ० दशमलव १७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष२०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, (वर्तमान लेखा परीक्षक श्री केजे एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुनः नियुक्त हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिबाट समूह(क) र (ख) अन्तर्गत रिक्त दुई संचालक पदको बाँकी कार्यकालका लागि गरिएको नियुक्तीको अनुमोदन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ बाट बृद्धि गरी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ कायम गर्ने , सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले विशेष प्रस्ताव नं १ र २ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS