IME Life New

लाभांश पारित गर्न आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६३९.२० रुपैयाँको कुल ९.७३६८ प्रतिशतले हुन आउने २९ करोड ४९ लाख ६१ हजार ५३०.७० रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाटै कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिले प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च पनि सभाले अनुमोदन गर्नेछ। सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS