IME Life New

ललितपुर नेशनल प्याब्सनको चौथो अधिवेशन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल प्याब्सन ललितपुर जिल्ला समितिको चौथो अधिवेशन सम्पन्न भएको छ ।नेशनल प्यावसनका जिल्ला अध्यक्ष राजेश मर्हजनको अध्यक्षता तथा नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा गोदावरी भिलेज रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रममामहासचिव सुवास न्यौपाने तथा बागमति प्रदेशका अध्यक्ष प्रवोध प्रभाकर रिजालको उपस्थित रहेको थियो ।कार्यक्रममा बोल्दै केन्द्रीय महासचिव सुवास न्यौपानेले ललितपुर जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको र नयाँ बन्ने समितिले ती विविध सम्भावनालाई उजागर गर्नुपर्ने बताए । बागमति अध्यक्ष रिजालले विभिन्न क्रियाकलापका माध्यमबाट संगठनलाई चलायमान गराइ रहनुपर्ने र त्यसका लागि धेरै संख्यामा सदस्यता विस्तार गर्नुपर्ने बताए ।

Esewa
Crest

यसैगरि केन्द्रीय अध्यक्ष सापकोटाले भने, ‘हालैमात्र शिक्षा मन्त्रालयले गरेको निर्णय चैत्र ५ गते सम्ममा परीक्षा सक्नु पर्ने र तत्पश्चात विद्यालय बन्द गर्नुपर्ने छ, त्यो आफैमा कोरोना भाइरस जतिकै सन्त्रासपुर्ण रहेको छ ।’

अधिवेशनले नयाँ कार्य समितिको अध्यक्षमा तारा सापकोटा (धापाखेल अंग्रेजी स्कूल), उपाध्यक्ष संगम महर्जन (पारिजात अंग्रेजी स्कूल), सचिवमा इन्द्रप्रसाद काफ्ले(पूणचण्डी आवासीय मावि )तथा कोषाध्यक्षमा मुकुन्द शर्मा खनाल (मञ्जुश्री अंग्रेजी मिडियम स्कूल) लाई सर्वसम्मत चयन गरेको छ ।

नेशनल प्याब्सन ललिपुरका नवनिर्वाचित अध्यक्ष तारा सापकोटाले सबैको साथ र सहयोगको अपेक्षा गर्दै सदस्य विद्यालयको विश्वासको अवमुल्यन नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS