IME Life New

लक्ष्मी स्टील उद्योगमा क्रेनले किच्चिंदा एक मजदुरको ज्यान गयो, कति पाइन्छ क्षतिपूर्ती ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवलपरासीको सुनवलमा अवस्थित लक्ष्मी स्टिल उद्योगमा क्रेनले कुल्चिंदा घाइते भएका एकजना मजदुरको उपचारका क्रममा निधन भएको छ। शाैरभ ग्रुपले सञ्चालन गरिरहेको लक्ष्मी स्टील उद्योगमा कार्यरत मजदुर रुपन्देहीका २५ वर्षीय सुरेश चौधरीको क्रेनको चक्का मुनि किच्चिएर मृत्यु भएको हो।

उद्योग व्यवस्थापनले काम गरि रहेका बेला चिप्लिएर लड्दा उद्योगभित्र सामान ओसारपोसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्कामा परेर गम्भीर घाइते भएका थिए।

Esewa
Crest

तत्कालै उद्धार गरेर देवदह मेडिकल कलेजमा पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको नवलपरासीपश्चिमका प्रहरी प्रवक्ता रेशम बोहराले बताए। दुर्घटनापछि प्रहरीले घटनास्थलबाट क्रेन सहित क्रेन मालिकलाई नियन्त्रणमा लिएको छ भने क्रेन चालक फरार रहेको प्रहरीले जनाएको छ।

मृतकको परिवारले तेश्रो पक्ष बीमावापत ५ लाख रूपैयाँ क्षतिपूर्ती प्राप्त गर्नेछ । यसबाहेक श्रम ऐन २०७४ को प्रावधान अनुसार उद्योग प्रतिष्ठानमा कार्यरत प्रत्येक मजदुरको कम्तीमा ७ लाख रूपैयाँ बीमाङ्कको दुर्घटना बीमा गर्नुपर्छ। श्रम ऐन २०७४ मा श्रमिकको स्वास्थ्य र दुर्घटना बीमालाई अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ ।

क्षतिपूर्ती दिलाउनका लागि उद्योग व्यवस्थापनले सामाजिक सुरक्षा कोष वा बीमा गरिएको निर्जीवन बीमा कम्पनीसमक्ष मृतक मजदुरको पक्षबाट क्षतिपूर्ती दाबी गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS