IME Life New

राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज २०७७ माघ २९ गते एक समारोहका वीच राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभाको उद्घाटन गरेका छन् । सो अवसरमा मन्त्री भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति वदल्नु पर्ने उल्लेख गर्दै निजी क्षेत्रसंगको सहकार्यलाईथप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताए ।

साथै उहाँलेकृषिमा पूँजीको बन्देज रविभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको स्पष्ट पादै कोभिड–१९बाट परेको प्रतिकूल असरलाई कम गर्न सरकार क्रियाशिल रहेकोले व्यवसायीहरुको सुझावलाई कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको बताए ।

Esewa
Crest

सोही अवसरमा मन्त्री भट्टले राष्ट्रिय व्यवसायिक पहलद्वाराप्रकाशित कोभिड १९ को प्रभावमा परेकासाना, मझौला तथा लघु उद्यमको पुनस्र्थापना गर्न आवश्यक नीतिगत परिमार्जन सम्बन्धि निजी क्षेत्रले अघि सारेका सल्लाह सुझाव सहितको प्रतिवेदन विमोचन गरे ।
उद्घाटन समारोहको प्रारंभमा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष कुश कुमार जोशीले कोभिड–१९कोसंक्रमण पश्चात व्यवसायमा परेको नकारात्मक असर बारे विस्तृत अध्ययन गरी त्यसलाई कसरीसमाधान गर्न सकिन्छ भन्ने बारे राष्ट्रिय व्यवसायिक पहलले अध्ययन प्रतिवेदन तयार गरेकोबताए ।

प्रतिवेदनमा औल्याइएका विषयहरुको कार्यान्वयनमा सरकारले ध्यान दिने विश्वास व्यक्त गर्दै अध्यक्ष जोशीले पछिल्लो समयमा राजनीतिमा उत्पन्न ध्रुविकरणले बन्द जस्ता कार्यक्रमहरु पुन :दोहोरिएकोले व्यवसायको सञ्चालनमा वाधा पुगेको तर्फ ध्यानकर्षण गरायउक्त प्रतिवेदन मन्त्री समक्ष प्रस्तुत गर्नुहुँदै उत्पादन, सेवा क्षेत्र लगायतका व्यवसायलाई तत्काल गति दिनु अति जरुरीभएकोले उद्योग व्यवसायमा कार्यरत कामदार, कर्मचारी आदिलाई विशेष प्राथमिकतामा राखी कोभिडको खोप लगाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराए । साथै सामाजिक उत्तरदायित्वको मनन गर्दै जेष्ठ नागरिकहरुलाई पनि उच्च प्राथमिकतामा राखिनु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडको भार निजी क्षेत्रले बोक्नु परेको बताँउदैं दोहोरो कानूनले व्यवसायमा झन्झट थपिएको उल्लेख गरे ।नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले साना व्यवसायले पुनकर्जा पाउन कठिन भएकोलेसरलीकरण हुनपर्नेमा जोड दिँदै त्यसबाट व्यवसायलाई पुनः क्रियाशिल पार्न सहयोग पुग्ने धारणा राखे ।

नेपाल साना तथा घरेलु उद्योग महासंघका कार्यबाहाक अध्यक्ष उमेश प्रसाद सिंहले कोभिडबाटसबैभन्दा बढी असर साना तथा घरेलु व्यवसायमा परेकोले त्यस तर्फ सबैको ध्यानकेन्द्रित हुनुपर्ने बताए ।

सो अवसरमा विज्ञ आकाश श्रेष्ठले लघु, साना तथा मझौला व्यवसायको पुर्नरोत्थान बारेको अध्ययनप्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समयमा व्यवसाय सञ्चालन सुधारोन्मुख अवस्थामा देखिएको उल्लेख गरे ।यस अघि सञ्चालित बन्द सत्रमा महासचिव सुरेन्द्र वीर मालाकारले आ.ब. २०७६/७७ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दीपक मल्होत्राले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

उपाध्यक्ष सुकुन्त लाल हिराचनले धन्यवाद ज्ञापन गर्दै मुलुकको सम्वद्धिको मूल आधार नै उद्योग,व्यवसाय भएकोले यस क्षेत्रलाई प्रतिकूलताबाट बचाउनु अनिवार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS