IME Life New

राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि ९ जनाको आवेदन, को–को छन् दौडमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ९ जनाको आवेदन परेको छ। कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। आवेदनका लागि २१ दिनको म्याद दिइएको थियो।

तोकिएको म्यादभित्र आवेदन दिनेमा बीमा कम्पनीहरुको पूर्वसीईओदेखि हाल कम्पनीकै डेपुटी सीईओ पनि छन्। कम्पनीका अनुसार सीईओका लागि डा. शिवहरि श्रेष्ठ, नारायणकुमार भट्टराई, राजुनाथ खनाल, सुरेन्द्र थापा, सुवास कोइराला, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव छन्।

Esewa
Crest

सुरेन्द्र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्। राजुनाथ खनाल नेपाल बैंकका पूर्वडीजीएम हुन् भने कोइराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन्। उनी कम्पनीका हालका निमित्त सीईओ पनि हुन्।

यस्तै उज्ज्वलराज अर्याल नेपाल पुनर्बीमा कम्पनीका पूर्वकर्मचारी हुन्। नवीन सुवेदी युनाइटेड अजोड इन्स्योरेन्समा डेपुटी सीईओ छन्। बुद्धकाजी श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका सञ्चालक हुन् भने डा. शिवहरि श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रशासक हुन्। नारायणकुमार भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS