IME Life New

राष्ट्रिय बीमा कम्पनीको १३ औं शाखा सुर्खेतमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सुर्खेत–सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले आफ्नो १३औं शाखाको रुपमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगर पालिका वडा नं. ६ स्थीत बीरेन्द्र चोकमा भोलिबाट (भाद्र २७ देखी) शाखाशुभारम्भ गर्न लागेको जानकारी प्राप्तभएको छ । प्राप्त जानकारी अनुसार कर्णाली प्रदेशका प्रदेश प्रमुख माननियश्री दूर्गा केशर खनालबाट एक औपचारिक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा विभिन्न सरकारी प्रतिनिधिहरु, राजनैतिकदलका नेताहरु, उद्योग ब्यवसायीहरु, प्राध्यापक, बैंकर, यातायात व्यवसायी तथा समाजका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुका साथै कम्पनीका सञ्चालक समितिकाअध्यक्ष उमेशचन्द्र उपाध्याय लगायत उच्चब्यवस्थापकहरुको उपस्थिति रहने जानकारी कम्पनीका मुख्य व्यवस्थापक सुवास कोईरालाले दिनुभयो ।

Esewa
Crest

यसैगरी कर्णली प्रदेशको मुटुमा अवस्थीत सुर्खेतको बीरेन्द्रनगरबाट सञ्चालित १३ औं शाखाले कृषि तथा पशुपंक्षि बीमा लगायतअन्य सबै प्रकारका निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै समग्र कर्णली प्रदेशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास लिएको कम्पनिका बजार विज्ञ सुकल्याण पराजुलीले बताए ।

साथै उक्तअवसरमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत डुङ्ग्रेश्वर गाउँपालिका –५ स्थीतपिपलचौतारा मा.वि.लाई आर्थिक सहयोग गर्ने र नारायण नगरपालिका सँग कृषितथापशु बीमा सहकार्य सहमति समेत गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS