IME Life New

राष्ट्रिय बीमा कम्पनीको सिइओका लागि ११ जनाको आवेदन, यि हुन् प्रत्यासीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि ११ जनाले आवेदन दिएका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी,  शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका हुन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ति सिफारिस उपसमितिले मंसिर १२ गते १५ दिनको समय दिएर आवेदन खुला गरेको थियो । कम्पनीले खुला प्रतिस्पर्धाबाट पदपुर्ती गर्न लागेको हो । सोहि क्रममा ११ जनाले आवेदन दिएका छन् । बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, बाणिज्य शास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तिमा ५ वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भएर बीमामा एक वर्षको अनुभव सहित कम्तिमा ७ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

Esewa
Crest

त्यस्तै चार्टर्ड, एकाउन्टेन्सी वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए १२ वर्ष, बैंक वा विनिमय क्षेत्रमा भए १५ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तिमा १३ वर्षको अनुभव भएका व्यक्तिहरुले पनि आवेदन दिन सक्ने व्यवस्था थियो ।

पदपुर्ति उपसमितिले आवेदक मध्ये सर्ट लिस्टिङ गर्नेछ । सर्ट लिस्टिङमा परेका उम्मेदवारले तोकिएको समयमा व्यवसयिक कार्ययोजनाको प्रस्तुतिकरण दिनु पर्नेछ ।

छनोट हुने प्रमुख कार्यकारी अधिकृतको पदावधि करारमा हुनेछ भने उनले पाउने सेवा सुविधा प्रचलित व्यवस्थाका आधारमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका यस अगाडीका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल सरकारले गत भदौमै फिर्ता बोलाएको थियो । उनलाई अर्थमन्त्रालयमा बोलाए सँगै कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो । कम्पनीले अवको केहि दिनमै प्रमुख कार्यकारी अधिकृत पाउने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS