IME Life New

राष्ट्रिय बीमा कम्पनीको कारोबार डेढ महिना पछि खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार करिव डेढ महिना पछि खुला भएको छ । नेपाल स्टक एक्सचेन्जले गत माघ १८ गतेदेखि कम्पनीको कारोबार रोक्का गरेर राखेको थियो। धितोपत्र सूचिकरण विनियमावली अनुसार कम्पनीले आफ्नो लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेकाले नेप्सेले कारोबार रोक्का गरेको हो ।

Esewa
Crest

धितोपत्र सूचिकरण विनियमावली अनुसार कम्पनीहरुले नेप्सेमा प्रत्येक आर्थिक वर्षको लेखा परिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र बुझाउनु पर्ने हुन्छ । यहि व्यवस्थालाई टेकेर नेप्सेले कम्पनी सँग वित्तीय विवरण माग गरेको थियो । तर कम्पनीलाई पटक पटक समय दिदा पनि नबुझाए पछि नेप्सेले कारोबार नै रोक्का गरिदिएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन तयार पार्न अझै दुई महिना लाग्नै भन्दै नेप्सेलाई जानकारी दिएको छ । कम्पनीले फागुन १९ गते अपरिष्कृत वित्तीय विवरण नेप्सेमा बुझाउने प्रतिवद्धता पछि कारोबार खुला गरिदिएको हो । अवका दिनमा पनि कम्पनीले माग गरिएका कागजपत्र समयमा बुझाउने प्रतिवद्धता जनाए पछि कारोबार खुला गरिएको नेप्सेले जनाएको छ ।

कम्पनीको विगत लामो समयदेखि लेखापरिक्षण प्रतिवेदन तयार हुन सकेको छैन । कम्पनीको लेखापरिक्षणलाई लिएर नेपाल सरकार तथा नियामक निकाय बीमा समितिकै टाउको दुखाइको विषय बन्दै आएको छ । नेप्सेले कम्पनीको शेयर कारोबारमा रोक लगाउदा लगानीकर्ताहरु भने डेड महिनादेखि कारोबार गर्नबाट बञ्चित भए ।

कारोबार खुला हुने वित्तीकै कम्पनीको शेयर मूल्य भने बढेको छ । सोमबार राष्ट्रिय बीमा संस्थाको शेयर मूल्य ३७५ रुपैयाँले बढेर १७ हजार ४५ रुपैयाँ पुगेको छ । कम्पनीको संस्थापक शेयरमा भने परिवर्तन भएको छैन । दोस्रो बजारमा संस्थापक शेयरको मूल्य भने १५ हजार ५०० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS