IME Life New

राष्ट्रिय बीमा कम्पनीको एक महिना पछि कारोबार खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले एक महिना पछि राष्ट्रिय बीमा कम्पनीको कारोबार खुला गर्ने भएको छ। धितोपत्र सूचिकरण विनियमावली अनुसार कम्पनीले आफ्नो लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पेश नगरेकाले नेप्सेले गत माघ १८ गतेदेखि कारोबार रोक्का गर्दै आएको छ।

नेप्सेले माग गरेका लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरणका सम्बन्धमा कुरा भैसकेकोले केहि दिनमै कारोबार खुला हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए। उनले भने ‘नेप्सेमा कारोबार खुला गर्ने विषयमा कुरा भैसकेको छ। यथासिघ्र कारोबार खुला हुन्छ।’

Esewa
Crest

धितोपत्र सूचिकरण विनियमावली अनुसार कम्पनीहरुले नेप्सेमा प्रत्येक आर्थिक वर्षको लेखा परिक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र बुझाउनु पर्ने हुन्छ। यहि व्यवस्थालाई टेकेर नेप्सेले कम्पनी सँग वित्तीय विवरण माग गरेको थियो। तर कम्पनीलाई पटक पटक समय दिदा पनि नबुझाए पछि नेप्सेले कारोबार नै रोक्का गरिदिएको छ।

कम्पनीको विगत लामो समयदेखि लेखापरिक्षण प्रतिवेदन तयार हुन सकेको छैन। कम्पनीको लेखापरिक्षणलाई लिएर नेपाल सरकार तथा नियामक निकाय बीमा समितिकै टाउको दुखाइको विषय बन्दै आएको छ। नेप्सेले कम्पनीको शेयर कारोबारमा रोक लगाउदा लगानीकर्ताहरु भने कारोबार गर्नबाट बञ्चित भैरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS