IME Life New

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीकाे आन्दाेलनमा फियुनकाे ऐक्यबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आन्दोलनरत राष्ट्रिय बीमा कम्पनीका कर्मचारीको आन्दोलन प्रति नेपाल वित्तीय संस्था कर्मचारी संघले प्रतिबद्धता जनाएकाे छ। संघको नेतृत्वले आन्दोलन स्थलमै पुगेर शान्तिपूर्ण आन्दोलन प्रति ऐक्यवद्धता जनाएको हो।
कृयाशील कर्मचारी यूनियनले अघि सारेका मागहरु जायज भएकाले यथाशीघ्र सम्बोधन गर्न संघले कम्पनीको व्यवस्थापन समक्ष विज्ञप्ति मार्फत् आग्रह समेत गरेको छ। संघको ऐक्यवद्धतामा बैंक वित्तीय संस्थाको वित्तीय प्रतिष्ठानका इकाईहरुले समेत ऐक्यवद्धता जनाएका छन्।
२०७९ मंसिर १८ गते कर्मचारी यूनियन र व्यवस्थापन बीच भएको सहमति कार्यान्वयनको माग गर्दै कम्पनीका कर्मचारीले गत असार ३१ देखि कार्यालयमा धर्ना दिंदै आन्दोलन जारी राखेका छन्।
कम्पनीका‌ प्रमुख कार्यकारी अधिकृत शेखर बरालले यूनियनको माग सम्बोधनका‌ लागि व्यवस्थापन सकारात्मक भएपनि कार्यान्वयनको लागि माथिल्लो निकायको स्वीकृति चाहिने प्रतिकृया जनाए। उनले भने, कार्यकक्षमा प्रवेश गर्न समेत नपाएको अवस्थामा माग सम्बोधनका लागि पहल गर्न कठिनाई भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

50%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS