IME Life New

रहेनन् बीमा क्षेत्रका अग्रज व्यक्तित्व केबी बस्न्यात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रका अनुभवी मध्येका व्यक्तित्व केबी बस्न्यातको ८४ वर्षको उमेरमा बिहीबार उपचारका क्रममा निधन भएको छ। पेट सम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा बिहान ११ः३० बजे एकान्तकुनास्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

स्वर्गिय बस्न्यातको दुई छोरा र एक छोरी छन् ।

Esewa
Crest

आफ्नो व्यवसायीक जीवनमा झण्डै चार दशकसम्म अनवरतरुपमा बीमा क्षेत्रमा बिताएका बस्न्यातले सकृय जीवनबाट अवकाश लिनु अघिसम्म साबिक सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । नेपालमा भारतको द ओरियन्टल इन्स्योरेन्स कम्पनीको शाखा भित्र्याउन उनको भूमिका रहेको थियो ।

निर्जीवन बीमा क्षेत्रको विज्ञ मानिने बस्न्यातले युनाइटेड इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्समा समेत प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए ।

पूर्व प्रमुख कार्यकारी अधिकृतको असायमीक निधन प्रति सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS