IME Life New

रक्तदान कार्यक्रम गरी मनायो अजोड इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कोरोना भाइरसका कारण कम्पनीले आफ्नो वार्षिकोत्सव प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरी मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका हुन् । यस अवसरमा कम्पनीले सम्पुर्ण ग्राहक, नियामक निकाय, संस्थापक तथा शेयरधनीहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

कम्पनीले सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारीहरु कार्यरत रहेको कम्पनीले बताएको छ ।

Esewa
Crest

कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेभ वेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवम पारदर्शि बनाउने उदेश्यले फस्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरि दुई लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले इन्टरगेड एमआईएस सिस्टम, इन्भेष्टमेन्ट सफट्वयर , ग्रुप एसएमएस सिस्टम अजोड च्याट बोर्डको शुरुवात गरि सकेको छ ।

त्यसैगरी , अनलाईनबाटै बीमाुशुल्क भुक्तानीतथा दाबी भुक्तानी गर्नका लागि कम्पनीले आइएमई पे, प्रभु पे, एनआइसी एशिया फोन पे, सेल पे, खल्ति इसेवा पे वल कनेक्ट आइपीएस जस्ता सेवा समेतको शुरुवात गरिसकेको छ ।

चालु आथिृक वर्षको असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी एक अर्व, लगानी १४७.३१ करोड र कुल दाबी भुक्तानी ५८.९७ करोड, कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलिसी जारी गर्ने प्रक्रियामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी समेत गरेको बताएको छ ।

हाल सम्म कम्पनीले १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS