IME Life New

यूनाइटेड इन्स्योरेन्स पनि प्रवेश गर्यो अर्ब क्लबमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७//०७८ को अन्त्यसम्ममा एक अर्ब रुपैयाँमाथिको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कोरोना  महामारीको विषम परिस्थितिमा समेत यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै अर्ब क्लबमा प्रवेश गरेको हो ।

कम्पनीका  संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वको व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट पहिलो वर्षमा नै अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ।  काम्पानीले अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको थियो  ।

Esewa
Crest

कम्पनीको सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रबर्दन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यस सफलता हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

आगामी दिनमा पनि कम्पनीले ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै अगाडी बढ्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS