IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सले ३ दिने अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम तीन दिनसम्म संचालन गर्न लागेको बताएको छ । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिहरुलाई अभिकर्ता इजाजत पत्रका लागि परीक्षामा सहभागी गराउने जनाइएको छ ।

कम्पनीले तालिम फागुन २७ गतेदेखि २९ गतेसम्म संचालन गर्नेछ । उक्त तालिम बिहान ९ बजेदेखि ५ बजेसम्म साँफेबगर, अछाममा संचालन गर्ने जनाएको छ । त्यस्तै, अभिकर्ता परीक्षा लिखित परीक्षा फागुन २९ गते संचालन गरिने जनाएको छ । तालिममा सहभागि हुनका लागि ईच्छुकले आवश्यक कागजातसहित फागुन २६ गतेभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS