IME Life New

यूनाइटेड अजोडको कुल बीमा शुल्क आर्जन १.१४ अर्ब, नाफा १३.१८ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

१ अर्ब ९० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४८ प्रतिशतले वृद्धि भएको हो ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा ८६ करोड ३० लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ करोड ६९ लाख रुपैयाँ रहेको छ भने  रिटेण्ड अर्निङ्गमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ५७ करोड ९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९९.७३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ४४ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८५.३६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.८५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.७४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS