IME Life New

युनाईटेड इन्स्योरेन्स द्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ ।  गुल्मी धुर्कोट गाउपालिकाका विमित जीप चालक शेर बहादुर थापाको दुर्घटनामा परी २०७५ कात्तीक ६ गते मृत्यु भएको थियो । मृतक श्रीमति कल्पना थापाले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिईन ।

कम्पनीले मृतक विमितकी श्रीमति लाई कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने जम्मा रकम रु. (५,००,०००) पाँच लाख को चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

Esewa
Crest

मृतक विमितकी श्रीमति कल्पना लाई अर्घाखाची  जिल्लाका सहायक प्र.जि.अ. विष्णु प्रसाद बेल्बासे, कम्पनिका अर्घाखाची  शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समीति अध्यक्ष योगेन्द्र ब. खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स क.लि. का कार्यालय प्रमुख नारायण घिमिरे, प्रभु बैक  लि शाखा प्रमुख मनोहर पौडेल, मेगा बैंक लि का शाखा प्रमुख किरण घिमिरे, जनता बैंक लि शाखा प्रमुख दधिराम बेल्बासे लगाएतका विभिन्न संघ संस्थाका शाखा प्रमुखहरुका साथमा युनाइटेड इन्स्योरेन्स कम्पनिका कर्मचारीहरु सुदन खड्का र सुनिता क्षेत्रीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS