IME Life New

युनाइटेडको पुर्व सिइओ उपासनाको वार्षिक तलब सुविधा ५१ लाख ६३ हजार, शेयरधनीलाई ५ % बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र अन्य सुविधा बापत ५१ लाख ६३ हजार ५५५ रुपैयाँ भुक्तानी गरेको छ । यो कम्पनीले गत आर्थिक २०७८/७९ मा उपासना पौडेललाई दिएको तलब सुविधा हो । पौडेल गत कार्तिकमै युनाइटेडबाट राजिनामा दिएर बाहिरिसकेकी छिन् ।

बीमा क्षेत्रको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा आफुलाई स्थापित गरेकी उपासना हाल हिमालयन रि इन्स्योरेन्स कम्पनीको डिसिइओ पदमा कार्यरत छिन् ।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्षमा सञ्चालकहरुलाई बैठक भत्ता बापत १२ लाख तीन हजार रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई एक करोड ७५ लाख रुपैयाँ भुक्तानी दिएको छ । सिइओ पौडेल सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई उक्त तलब सुविधा बाहेक नियम अनुसार संञ्चयकोष, उपदान, दशै खर्च, औषधोपचार खर्च, संचित विदा खर्च, बोनस, अन्य भत्ता, सवारी तथा इन्धन सुविधा उपलब्ध गराएको थियो ।

कम्पनीले आजै २९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले शेयरधनीहरुका लागि भने ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्दैछ ।

अजोड र प्रभु विचको मर्जर भाडिए सँगै हिजै युनाइटेडले अजोड सँग १०० बराबर ९० को शेयर अनुपातमा मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १५ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यो मुनाफा युनाइटेडको अहिलेसम्मके सर्वाधिक हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS