IME Life New

युक्रेनको भन्यो, ‘दुर्घटनाको कारण मिसाइल आक्रमण हुनसक्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी । युक्रेनका उच्च सुरक्षा अधिकारीले बिहीबार एक कार्यक्रममा युक्रने सरकारले इरानमा बुधबार विहान भएको यात्रुबाहक जेटको दुर्घटनाको चार कारणहरु मध्ये आतंकवादन्ी हमला तथा मिसाईल आक्रमण समेत हुनसक्ने जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

Esewa
Crest

युक्रेनी एयरलाइन्स बोईङ ७३७–८०० विमान बुधबार विहानै इरानको तेहरानस्थित विमानस्थलबाट उडेको दुई मिनेटमै दुर्घटनामा परेको थियो । बुधबार विहान इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइद्वारा आक्रमण गरेको केही घण्टापछि सो युक्रेनको किभका लागि १६७ चालक र यात्रुसहितको जहाज दुर्घटनाग्रस्त भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चालकले आपतकालिन सहयोग नमागेको तथा दुर्घटनाको कारण आगो लागी भएको तथ्य बाहिर आएसँगै युक्रेनले प्रााविधिक, मानवीय, आतंकवादी र मिसाईल आक्रमण चार कारणभित्रैबाट दुर्घटना भएको निष्कर्ष निकालेको हो ।

बिहिबार इरानी एयरट्राफिकलाई उध्रित गर्दै प्रशारण गरिएको रिर्पोटका अनुसार विमानका क्याप्टेनले दुर्घटनाअघि सम्र्पकमा आउनको लागि रोडियो कल नगरेको र तेहरानको एयरर्पोटमा फर्कने क्रममा उक्त विमानमाथि प्रहार गरिएको जनाएको छ ।

गत साता ड्रोन हमलामा इरानी सैनिक जर्नेल कासिम सोलेमेनीको अमेरिकाले हत्या पश्चात इरान र इराकमा हवाई यात्रा जोखिमपूर्ण बनेको छ । एयरफ्रान्स र टर्किस एयरले इरान र तथा इराकबाट उडान नभर्ने घोषणा गरिसकेका छन् भने अन्य जहाजहरुले समेत जोखिमपूर्ण आकाशबाट उडान भरेका छैनन् ।

उक्त विमानमा १६७ जना यात्रु रहेका थिए भने नौ जना चालक दलका व्यक्तिहरु रहेका थिए । जसमा ६३ जना इरानका, ६३ जान क्यानडाका र ११ जना युक्रेन नागरिकहरु रहेका थिए । विमान दुर्घटनापछि अर्बौै रुपैयाँ बीमा दावी भुक्तानीको प्रक्रिया छिट्टै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS