IME Life New

यातायात व्यवसायी समितिद्धारा मृतकको परिवारलाई बीमा वापत १० लाख रुपैयाँ प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना मृतक कर्मचारीको परिवारलाई दूर्घटना बीमाको १० लाख रुपैयाँ प्रदान गरेको छ । समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटरसाईकिल दूर्घटनामा परि मृत्यु भएको थियो । अधिकारीको गत वर्षको असौज १७ गते बुटवल १२ ढवाहामा मोटरसाईकिल दूर्घटनामा परि ज्यान गएको थियो ।

Esewa
Crest

सोही वापत नेको इन्स्योरेन्समा गरिएको बीमा रकम अधिकारीको श्रीमती विवु अधिकारीलाई मंगलवार एक समारोहका बीच बीमा रकम समितिले प्रदान गरेको हो ।

समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।

यस अघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS